नियम १२
प्रदेश निर्देशक समितिको बैठक
(१) प्रदेश निर्देशक समितिको बैठक सो समितिको अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ । (२) प्रदेश निर्देशक समितिको बैठकको अध्यक्षता सो समितिको अध्यक्षले गर्नेछ । (३) प्रदेश निर्देशक समितिको सम्पूर्ण सदस्य सङ्ख्याको पचास प्रतिशतभन्दा बढी सदस्यहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ । (४) प्रदेश निर्देशक समितिको निर्णय सो समितिको सदस्य--सचिवले प्रमाणित गरी राख्नु पर्नेछ । (५) प्रदेश निर्देशक समितिको बैठक सम्बन्धी अन्य कार्यविधि प्रदेश निर्देशक समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ । (६) प्रदेश निर्देशक समितिले गरेको निर्णयको कार्यान्वयन सम्बन्धित प्रदेशको रोजगार सम्बन्धी विषय हेर्ने मन्त्रालयले गर्नेछ ।